ए.टिभी न्युज नेपाल संवाददाता

काठमाडौं /  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष नेता सहितको बैठकमा अध्यादेश लगायतका विषयमा छलफल भएको छ।
भूमि अध्यदेश बाहेक पाँचवाट अध्यादेश सदनमा छिटो भन्दा छिटो पेस गर्ने र भूमि अध्यादेश ऊपर छलफलको लागि कर्यादल गठन गरी प्रतिस्थापनकोे रूपमा ल्याउने भएको छ।

मधेस केन्द्रित भन्ने दलहरू बिचको छलफलको विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूकोे जिज्ञासामा “यो सरकार विरुद्धकोे मोर्चा होईन संविधान संसोधनकोे कुराहरूमा के के विषयमा संसोधनहरू गरिने साझा प्रस्तावकोे रूपमा सरकारलाई प्रस्तावित गरिने भन्ने मोर्चा बन्न लागेको मोर्चा हो” यो कुरालाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खान ज्यूले गठबंधनका शीर्ष नेताहरुलाई स्पष्ट पारे।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान,जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका सहभागी रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP