Trend
बिहिबार , कार्तिक २१, २०८२

ए.टि.भि न्युज नेपाल संवाददाता
राम प्रसाद चौहान
बर्दिया,फागुन ८

गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा स्थित नयाँ बस्तीबाट चितुवाले कुकुरको छाउरा ओसार्न सुरु गरेको छ । अघिल्लो साता देखि बस्ती वरिपरि देखिने चितुवाले घर आँगनबाट कुकुरका छाउरा ओसार्न सुरु गरेको हो ।

मंगलबार राति चितुवाले २ वटा कुकुरका छाउरा लगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । राति साढे ११ बजे कुकुर र छाउरा जोड जोडले कराउन थालेपछि बाहिर निस्किएको स्थानीय उर्मिला गुप्ताले बताईन् । ‘टार्च बालेर हेर्दा कुकुर्नी डराएर एकातिर र छाउरा तितर बितर देखिए,’उनले भनिन्,‘अगाडि टार्च बालेर हेर्दा कुकुरको छाउरा मुखमा च्यापेर उखुबारीतिर भाग्दै गरेको चितुवा देखियो ।’ दुई पटकमा दुई वटा छाउरा उखुबारीतिर लगेको उनले सुनाईन् । ७ वटा छाउरा मध्य ५ वटा मात्र बचेको उनले जनाईन् ।

उक्त बस्ती नजिक ठुलो उखुबारी छ । त्यो उखुबारी भारतीय मुर्तिहा जंगल नजिकसम्म फैलिएको छ । मुर्तिहा जंगलबाट समसाँझै चितुवा निस्किएर उखुबारीतिर पस्ने गरेको सिमावर्ती किसानहरुले बताउँछन् । बस्ती वरपर देखिने चितुवा घर आँगनबाट कुकुरका छाउरा ओसार्न थालेपछि स्थानीय त्रसित बनेको स्थानीय अनुप कुमार गुप्ताले बताए । ‘छाउरा खाएर चितुवा बस्तीमा पल्कियो,’उनले भने,‘अब साना बालबच्चालाई जोगाउन मुस्किल भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP