१५ फागुन, पाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउन प्रतिबद्धता जनाएका छन् । ४३औं राष्ट्रिय मगर संघ स्थापना दिवसको शुभकामना सन्देश जारी गर्दै सभामुख घर्तीमगरले सरकारी कामकाजीको भाषाको रुपमा मगर भाषालाई समेट्न आफू लागि परेको बताएका हुन् ।

‘लुम्बिनी प्रदेशसभा विभिन्न जात–जाति, भाषा–भाषि, धर्म, संस्कृति, लिङ्ग, वर्ग, क्षेत्रको अधिकार स्थापित गर्ने सवालमा नीति तथा कानुन निर्माणमा प्रतिवद्ध छ’, शुभकामना सन्देशमा उल्लेख छ, ‘मगर समुदायको भाषा, संस्कृति मौलिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्दै संवैधानिक अधिकारलाई स्थापित गर्न लुम्बिनी प्रदेश सभा प्रतिबद्ध छ र प्रतिबद्ध भई निरन्तर लागिरहने विश्वास पनि दिलाउन चाहन्छु ।’

उनले आदिवासी जनजातिमा सूचीकृत मगर समुदाय जनसंख्याको कोणबाट नेपालको सबैभन्दा ठूलो समुदाय रहेको बताउँदै सबै प्रकारका आन्दोलनमा र परिवर्तनमा योगदान गरेको बताएका छन् ।साभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP