Trend
मंगलबार , अषोज २७, २०८३

ए.टिभी न्युज नेपाल संवाददाता
बर्दिया,फागुन २३

ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँकी ५१ वर्षिय राधा बोहोराको हत्या आरोपमा ससुरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका ६९ वर्षिय शान्त बहादुर खत्री र उनको बुहारी २४ वर्षिय उमा कुमारी खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतक बोहोराको फागुन ४ गते घरभित्र शव फेला परेको थियो । घरको बाहिरबाट ताल्चा लगाएको अवस्थामा घाँटीमा सलले बाँसको खामोमा बाँधिएको अवस्थामा महिलाको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा मृतक महिलाको भिनाजु नाता पर्ने शान्त बहादुर खत्री र उनको बुहरी उमा कुमारी खत्रीको हत्यामा संलग्नता देखिएको प्रहरीको ठहर छ ।

ससुरा र बुहारी दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।
फागुन १ गते दिनभरि जंगल गई दाउरा ल्याई साँझ ५ बजे छिमेकको बिहेको घर देखिएकी थिईन् ।

त्यस दिनदेखि दुई तिन दिनसम्म महिला हराउँदा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतालस गर्दा घरको बाहिरबाट ताल्चा लगाईएको अवस्थामा घरभित्र शंकास्पद रुपमा महिलाको शव फेला परेको थियो । स्थानीयका अनुसार मृतक महिलाको छोरी बैदेशिक रोजगारमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

१

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

२

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

३

आठ मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

४

गेरुवा नदिको वहावमा बगेर हात्ती गिरिजापुरी ब्यारेजमा पुगे।

५

मोहम्मद जयन्तीमा डीजे नबजाउने मुस्लिम समुदायको निर्णय

६


TOP