Trend
शुक्रबार , माघ ३, २०८२

२६ चैत, काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप छ ।

यो समाचार तयार पार्दासम्म उनीहरुको परिचय खुलेको छैन । तर प्रहरी र राप्रपा दुवैतर्फबाट केही व्यक्तिहरु नियन्त्रणमा रहेको पुष्टि भने भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले केही मान्छेहरुलाई नियन्त्रणमा लिएको अनलाइनखबरलाई बताए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि सभास्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले बल्खुमा आज सभा आयोजना गरेको छ । सभालाई व्यवस्थित र मर्यादित गर्न उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । राप्रपाले पनि दर्जनौंको संख्यामा स्वयंसेवक परिचालन गरेको छ ।

साथै वरपर रहेका पार्टी कार्यालय, सरकारी कार्यालय र व्यापारिक कम्प्लेक्समा पनि सुरक्षा सतर्कता बढाइएको छ ।साभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP