कपिलवस्तु —वाणगंगा नगरपालिका-४, दरखास्तस्थि प्रतीक्षालयबाट एक सय दुई ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।प्रहरीले बिशेष सुचनाका आधारमा बिहिबार मध्यरातमा प्रतीक्षालयको किनारबाट १०२ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्रेको हो । भे १२ प १७८७ नं. को मोटरसाइकल खडा गरेर प्रतीक्षालयमा रहेको काठको बेन्चमा बसिरहेको अवस्थामा २ जना पक्राउ परेका हुन ।पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय विशाल गुप्ता र भारत, उत्तर प्रदेश बहराइच जिल्ला घर बताउने ३२ वर्षीय अमित पोरवाल रहेका छन।

कालो प्लाष्टिकको पोका शंका लागी खोली हेर्दा सेतो प्लास्टिकभित्र दुई वटा पोकामा  लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लागु औषध फेला परको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए ।अदालतबाट दिन ७ को म्याद लिई अनुसन्धान भई रहेको उनले बताए ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।अहिले लागुऔषधको कारोबार तराई क्षेत्रहरु बढदो क्रममा देखिन्छ।हरेक सिमा क्षेत्रमा चेकजाँच कडाइका साथ हुनुपर्छ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP