Trend
बिहिबार , कार्तिक २१, २०८२

 

 २०८२ वैशाख ३१ गते

३१ वैशाख, धनगढी । कैलालीमा भन्सार छली गरेर ल्याइएको साढे २५ लाख बराबरको अवैध सामान बरामद गरिएको छ ।

भारतबाट भन्सार छलेर ल्याइएको २५ लाख ५४ हजार चार सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ साढे ७ बजेतिर जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले कैलारी गाउँपालिका–९, कोइलही ताल क्षेत्रबाट ती सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो ।

बरामद गरिएका सामग्रीमा चार सय पिस सुट, एक हजार ५१७ टप्स, ११२ वटा धोती, १० वटा पूजाको धोती, २० रोल थान कपडा, १० वटा सारी, पाँच वटा टावेल, एक रोल ब्लाउजको अस्तर लगायत छन् ।साभारअन्लाईनखबर

प्रहरीले सबै सामानलाई त्रिनगर भन्सार कार्यालयमा बुझाउने जनाएको छ । प्रहरीका अनुसार भन्सार छलेर भारतबाट कपडा र लत्ताकपडाजन्य सामान नेपाल भित्र्याउने गतिविधि तीव्र रूपमा बढ्दै गएकाले त्यसविरुद्ध विशेष निगरानी र अभियान जारी राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP