Trend
आइतबार , भाद्र २८, २०८३

 

 २०८२ वैशाख ३१ गते

३१ वैशाख, धनगढी । कैलालीमा भन्सार छली गरेर ल्याइएको साढे २५ लाख बराबरको अवैध सामान बरामद गरिएको छ ।

भारतबाट भन्सार छलेर ल्याइएको २५ लाख ५४ हजार चार सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ साढे ७ बजेतिर जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले कैलारी गाउँपालिका–९, कोइलही ताल क्षेत्रबाट ती सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो ।

बरामद गरिएका सामग्रीमा चार सय पिस सुट, एक हजार ५१७ टप्स, ११२ वटा धोती, १० वटा पूजाको धोती, २० रोल थान कपडा, १० वटा सारी, पाँच वटा टावेल, एक रोल ब्लाउजको अस्तर लगायत छन् ।साभारअन्लाईनखबर

प्रहरीले सबै सामानलाई त्रिनगर भन्सार कार्यालयमा बुझाउने जनाएको छ । प्रहरीका अनुसार भन्सार छलेर भारतबाट कपडा र लत्ताकपडाजन्य सामान नेपाल भित्र्याउने गतिविधि तीव्र रूपमा बढ्दै गएकाले त्यसविरुद्ध विशेष निगरानी र अभियान जारी राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP