
ए.टिभी न्युज नेपाल
बर्दिया जेसिजको आयोजनामा शेयर बजार सम्बन्धिको एक दिने अनुशिक्षण कार्यक्रम बर्दियाको गुलरियामा सम्पन्न भएकोछ । सो अनुशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा शेयर बजारका बिज्ञ व्यक्तित्व जेसि सुवास चन्द्र भट्टराई रहेका थिय ।
अनुशिक्षण कार्यक्रमको संयोजकत्व जेसि टिकाराम चौधरी रहेका थिय भने कार्यक्रमको अध्यक्षता बर्दिया जेसिज बर्ष २०२५ का अध्यक्ष जेसि ललित कडायतले गरेका थिए ।
कार्यक्रममा बर्दिया जेसिज बर्ष २०२४ का अध्यक्ष एवंम् निवर्तमान अध्यक्ष जेसि रवि सिंह महतरा, प्रभु महालक्ष्मि लाईफ ईन्स्योरेन्स लि. नेपालगंज क्षेत्रका क्षेत्रिय प्रमुख एवं बर्ष २०२४ का कार्यकारी उपाध्यक्ष तेजेन्द्र न्यौपाने र बर्दिया जेसिज बर्ष २०२५ का सम्पुर्ण पदाधिकारीहरुका साथै कार्यक्रममा शेयर बजार प्रति रुचि राख्ने व्यक्तिहरु दाङ, बाँके, बर्दिया र कैलालिका गरी करिब ६० जना भन्दा बढिको उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा भट्टराईले मानिसहरुको व्यवहारिक जिबन संग जोडि शेयर बजारलाई बुझाएका थिय भने उनका अनुसार दोस्रो शेयर बजारमा कसैको उक्साहटमा वा लहैलहैमा लागरे प्रवेश गरी कारोबार गर्दा आफ्नो सर्वस्व गुम्न सक्ने जोखिम रहेको समेत बताय । साथै उनले प्रयोगात्मक तरिकाले पनि शेयर मार्केटलाई बुझाउन प्रयास गरेका थिए ।
कार्यक्रममा सहभागिको तर्फबाट मधुसुदन रिमालले आफ्ना भनाई राख्दै प्रशिक्षक भट्टराई धन्यवाद ज्ञापन गरे । यसका साथै कार्यक्रममा बर्दिया जेसिजका अध्यक्ष कडायतले युवा पुस्ताहरुको शेयर बजार प्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै यो अनुशिक्षण कार्यक्रमको आयोजना गरेको बताय । अन्तमा कार्यक्रमका संयोजक चौधरीले उपस्थित सबैलाई र मुख्य गरी प्रशिक्षक भट्टराईलाई धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्ने बताउदै समापन गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य जेसि लक्ष्मण भण्डारीले राखे भने कार्यक्रमको बारेमा जेसि महतराले प्रष्ट पार्नुका साथै कार्यक्रम बर्दिया जेसिजका महासचिव खुमेश सुबेदीले संचालन गरेका थिए ।