ए.टिभी न्युज नेपाल

बर्दिया,जेठ २१/ लामो प्रयासपछि समस्याग्रस्त चितुवा नियन्त्रणमा आएपछि त्रसित स्थानीय खुसी भएका छन् । विगत तीन महिना देखि आतंक मच्चाएको चितुवा नियन्त्रणमा आएपछि स्थानीय खुसी भएका हुन् ।

गुलरिया नगरपालिका–५,बालापुर स्थित थारु सामुदायिक वनबाट बुधबार बिहान समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिईएको हो । उक्त चितुवाले विगत लामो समय देखि सो क्षेत्र वरिपरि आतंक मच्चाएको थियो । डिभिजन वन कार्यालयले थापेको केजमा समस्याग्रस्त चितुवा परेको हो । चितुवा नियन्त्रणपछि त्रसित स्थानीय खुसी भएका छन् ।

गत बुधबार गुलरिया नगरपालिका–५ बालापुरकी ७ वर्षीया सायरा थारुलाई उक्त चितुवाले आक्रमण गरि मारेको थियो । त्यसैगरि गत बैशाखमा ९ वर्षीया मेलिना खड्कालाई चितुवाले मारेको थियो भने चैतमा दुई जनालाई घाईते बनाएको थियो ।
सो समस्याग्रस्त चितुवालाई नियन्त्रणमा दुई हात्तीसहित प्राविधिक र डिभिजन वन कार्यालयको संयुक्त टोली बिहीबार परिचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP