Trend
मंगलबार , असार ३०, २०८३

ए.टिभी न्युज नेपाल

बर्दिया,जेठ २१/ लामो प्रयासपछि समस्याग्रस्त चितुवा नियन्त्रणमा आएपछि त्रसित स्थानीय खुसी भएका छन् । विगत तीन महिना देखि आतंक मच्चाएको चितुवा नियन्त्रणमा आएपछि स्थानीय खुसी भएका हुन् ।

गुलरिया नगरपालिका–५,बालापुर स्थित थारु सामुदायिक वनबाट बुधबार बिहान समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिईएको हो । उक्त चितुवाले विगत लामो समय देखि सो क्षेत्र वरिपरि आतंक मच्चाएको थियो । डिभिजन वन कार्यालयले थापेको केजमा समस्याग्रस्त चितुवा परेको हो । चितुवा नियन्त्रणपछि त्रसित स्थानीय खुसी भएका छन् ।

गत बुधबार गुलरिया नगरपालिका–५ बालापुरकी ७ वर्षीया सायरा थारुलाई उक्त चितुवाले आक्रमण गरि मारेको थियो । त्यसैगरि गत बैशाखमा ९ वर्षीया मेलिना खड्कालाई चितुवाले मारेको थियो भने चैतमा दुई जनालाई घाईते बनाएको थियो ।
सो समस्याग्रस्त चितुवालाई नियन्त्रणमा दुई हात्तीसहित प्राविधिक र डिभिजन वन कार्यालयको संयुक्त टोली बिहीबार परिचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:


TOP