Trend
शनिबार , भाद्र २७, २०८३

ए टिभी न्युज नेपाल

अफजल खान

शनिबार, जेठ ३१ २०८२/ नेपालमा पछिल्लो समय साइबर अपराध तीव्र गतिमा बढ्दै गएको छ। सामाजिक सञ्जाल, मोबाइल बैंकिङ, र डिजिटल माध्यमको प्रयोगसँगै  ठगी, ब्ल्याकमेलिङ, ह्याकिङ, र डाटा चोरी जस्ता अपराधहरू दिनहुँजसो उजागर भइरहेका छन्।

साइबर अपराधका शिकारमध्ये अधिकांश युवा, महिला तथा प्रवासी कामदारका परिवार परिरहेका छन्। केही सामान्य उदाहरणहरूमा फेसबुक ह्याक गरेर पैसा माग्ने, फेक आईडी बनाई चरित्र हत्या गर्ने, तथा लिङ्गिय शोषणसम्बन्धी ब्ल्याकमेल उल्लेखनीय छन्। खास गरि अहिले डिजिटल साक्षरताको कमी र सजगता नहुनु प्रमुख कारण हो।

सामाजिक सञ्जालले संसारलाई नजिक ल्याएको छ, तर त्यसकै आडमा हुने साइबर अपराधले धेरैको जीवनमा अन्धकार छाएको छ।

विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा दु:ख हैरानी दिने, सरकारी तथा अन्य संघ संस्थाहरूको वेवसाइट ह्याक गर्ने  र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति हाल साइबर अपराधमा देखिएको पाइएको छ ।

सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौति थपेको छ । यस्ता चुनौतिको सामना गर्न तथा नागरिकलाई साइबर अपराधबाट जोगाउन नेपाल प्रहरीले प्रभावकारी रूपमा कार्य सम्पादन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP