Trend
आइतबार , भाद्र २८, २०८३

ए टिभी न्युज नेपाल
हरि गुरुङ्ग
५ आषाढ २०८२

बर्दिया / लुम्बिनी प्रदेश बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं-३ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरा ७४ औं स्काउट दिवस र्‍याली, वृक्षारोपण तथा वक्तृत्कला प्रतियोगिता गरि मनाइएको छ।

हरेक वर्ष आषाढ ५ गते स्थापना दिवस नेपालभरी “स्काउट शिक्षा आजको आवश्यकता ” भन्ने मुल नारा सहित स्काउट दिवस मनाईएको हो।
नेपालमा नेपाल स्काउट विक्रम सम्वत २००९ आषाढ ५ स्थापना भएको थियो।
स्काउटमा चार वटा समुह छुट्याएको छ।विद्यालय स्तरबाट ६ वर्षदेखि ११ वर्षमुनिका कब ब्राउनी, ११ वर्षदेखी १६ वर्ष मुनिका ब्याइज/गल्स स्काउट, १६ वर्षदेखि २१ वर्षसम्म भेन्चर र २२वर्षदेखि २५ वर्षका रोभर रेन्जर भनी छुट्याएको छ।

पहिलो पटक सन १९०७ अगस्ट १ मा वेलायती नागरिक लर्ड वेडेन पावेलले २० जना कुलतमा फसेका र अन्य जातजातिका युवायुवतीहरुलाई लिएर शुरूवात गरेका थिए। बालबालिका तथा युवायुवतीहरुको शारीरिक, मानसिक, बौद्धिक, संयोगात्मक र आत्माध्मिक पक्षको विकास गर्नाले मानवको अस्तित्व कायम हुन्छ भन्ने उदेश्यका साथ हरेक वर्ष आषाढ ५ मा यो दिवस मनाउदै आइरहेको छ।

हरेक विद्यालयमा एक विद्यालय एक स्काउट शिक्षक बनाउन अत्यन्त जरुरी रहेको छ। स्काउटले बालबालिकाहरुमा शारीरिक, मानसिक, सामाजिक, संम्वेगात्मक र आध्यात्मिक पांचै वटा पक्षको विकासका साथै असल मानव निर्माण गर्नाका लागि स्काउट शिक्षा अनिवार्य रहेको छ।स्काउट शिक्षक बल बहादुर दर्लामी बताउनुभएको हो।

स्काउटले व्यवहारिक र सैद्धान्तिक कुराहरु सिकाउने गर्दछ। संस्कार र संस्कृति बिर्सिदै गइरहेको अवस्थामा स्काउटले ती कुराहरूलाई सिक्न प्रेरित गर्दछ भने अनुशासन मुख्य कुरा हो।स्काउट विध्यार्थी श्रीतिका भट्टराईले बताएकि हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP