Trend
मंगलबार , फागुण १९, २०८२

ए टिभी न्युज नेपाल

अफजल खान

अझैपनि नेपाली समाजको केही भागमा बालविवाह हट्न सकेको छैन। ग्रामीण क्षेत्र बर्दियाका केही बस्तीतर्फ अझैपनि १४ देखि १५ वर्षका किशोरीहरूको विवाह हुने क्रम रोकिएको छैन।सरकारले बालविवाह रोक्न कानुनी व्यवस्था त गरेको छ, तर त्यो कानुन कागजमै सीमितजस्तै देखिन्छ।

स्थानीय निकायहरूले विभिन्न सचेतनामूलक कार्यक्रम, स्कुलमा अभिभावक मिटिङ, र वडा स्तरको निगरानी समिति बनाएर बालविवाह न्यूनीकरणको प्रयास गरेका छन्। तर, प्रभावकारिता कति देखियो त?

गुलरिया नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षका अनुसार, “हामीले विद्यालय, अभिभावक, र स्थानीय समुदायसँग सहकार्य गरेर धेरैजसो घटना रोक्न सफल भएका छौं, तर केही गाउँहरूमा अझैपनि सामाजिक दबाब र गरिबीका कारण यस्तो समस्या कायम छ।”वडाहरु बालविवाह मुक्त घोषणा गरेपनी बालविवाह हुने जारीनै छ।

केही किशोरीहरू आफ्नै इच्छाले विवाह गर्न तयार हुँदा उनीहरूलाई रोक्न अझ चुनौतीपूर्ण रहेको छ।

महिला अधिकारकर्मीहरू भन्छन् – “बालविवाहको मूल कारण शिक्षाको कमी र लैंगिक विभेद हो। यदि किशोरीहरूलाई शिक्षामा प्रोत्साहन गरियो भने बालविवाह स्वत: घट्नेछ।”

यसैबीच, बर्दियाका विभिन्न विद्यालयहरूमा अहिले ‘बालविवाह विरुद्ध विद्यार्थी अभियान’ सञ्चालनमा छ, जसले विद्यार्थीहरूलाई सशक्त बनाउने र सामाजिक चेतना जगाउने लक्ष्य लिएको छ।

बालविवाह नियन्त्रण कानूनको कार्यान्वयनमा स्थानीय तहको सक्रियता बढाउनु जरुरी छ। चेतनामूलक कार्यक्रमसँगै कानुनी कारबाहीको डर पनि जनतामा फैलाउनु आवश्यक देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP