बर्दिया जिल्ला अस्पतालका नव नियुक्त अध्यक्ष रवीन्द्र कुमार यादवले आफुले अध्यक्ष वापत पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन । जनताको पैसामा सुविधा नलिने निर्णय गरेर अध्यक्ष यादवले दिए स्वच्छ नेतृत्वको सन्देश
भर्खरै अध्यक्षमा नियुक्त भएका यादवले असार ९ गते बसेको पहिलो बैठकबाट अस्पताल विकास समितिका अध्यक्ष र सदस्यले अस्पतालबाट सेवा सुविधा वापतको रकम नलिने घोषणा गरको अस्पताल विकास समिति बर्दियाका अध्यक्ष रवीन्द्र कुमार यादवले जानकारी दिए ।

यस अघि अस्पताल विकास समिति बर्दियाका अध्यक्षले १५ हजार र सदस्यले १० हजार मासिक रुपैया सेवा सुविधा वापतको रकम पाउदै आएका थिए । अध्यक्ष र सदस्यले सेवा सुविधा बापत पाउने रकम अस्पताल विकास समितिबाट नियुक्त कर्मचारीहरुलाई सुत्केरी प्रोत्साहन भत्ता बापत कर्मचारीहरुलाई १ महिना बराबरको प्रोत्साहन भत्ता र मृत्यु संस्कार खर्च १० हजार उपलब्ध गराउने र बचेको रकम विपन्न सेवाग्राहीहरुको हितमा प्रयोग गर्ने निर्णय गरिएको समेत अध्यक्ष यादवले बताए ।
साथै अस्पताल विकास समिति र अस्पताल फार्मेसीको आ.ब. ०८२/०८३ को लागि ५९ र ७ करार दरबन्दी स्वीकृत गरी सोही अनुरुपको रिक्त दरबन्दी पदपूर्ति गर्ने निर्णय समेत गरिएको यादवले भने ।
समिति र फार्मेसी कार्यरत कर्मचारीहरुको खाइपाइ आएको तलबभत्ता समय अनुकुल वृद्धि, ब्लड बैंकलाई ब्लड फ्रिजको निम्ति जेनेरेटरमार्फत आकस्मिक विद्युत आपूर्ति गरिने, एक पालिका एक विशेषज्ञ चिकित्सक सतप्रतिश पालिका प्रोत्साहन भत्ताको लागि आग्रह गरिने गरि निर्णय गरिएको समेत यादवले जानकारी दिए ।