Trend
बिहिबार , जेठ २८, २०८३
ए टिभी न्युज नेपाल / अफजल खान
बर्दिया, असार १२

लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थितबाट लागू औषधसहित दुई र राजापुर नगरपालिका ४ स्थितबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बढैयाताल स्थितबाट बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका ३५ वर्षीया मान बहादुर सुनार, २५ वर्षीय नरेश आचार्य आचार्यलाई बुधबार र राजापुर स्थितबाट मानबहादुर चौधरीलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ। प्रहरीका अनुसार चौधरीले हेल्थ क्लिनिकमा लागू औषधका ट्याब्लेट बिक्री गर्दै आएका थिए। बरामद लागु औषधका ट्याब्लेट औषधि विभागमा अनुसन्धानको लागि बुझाइने प्रहरीले जनाएको छ ।

भारतको बलैगाउँबाट शंकास्पद रुपमा नेपालतर्फ आईरहेको अवस्थामा बाँकेका दुई जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखि अनुसन्धान भईरहेको डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP