Trend
बिहिबार , कार्तिक २१, २०८२
ए टिभी न्युज नेपाल / अफजल खान
बर्दिया, असार १२

लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थितबाट लागू औषधसहित दुई र राजापुर नगरपालिका ४ स्थितबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बढैयाताल स्थितबाट बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका ३५ वर्षीया मान बहादुर सुनार, २५ वर्षीय नरेश आचार्य आचार्यलाई बुधबार र राजापुर स्थितबाट मानबहादुर चौधरीलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ। प्रहरीका अनुसार चौधरीले हेल्थ क्लिनिकमा लागू औषधका ट्याब्लेट बिक्री गर्दै आएका थिए। बरामद लागु औषधका ट्याब्लेट औषधि विभागमा अनुसन्धानको लागि बुझाइने प्रहरीले जनाएको छ ।

भारतको बलैगाउँबाट शंकास्पद रुपमा नेपालतर्फ आईरहेको अवस्थामा बाँकेका दुई जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखि अनुसन्धान भईरहेको डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP