Trend
शनिबार , भाद्र २७, २०८३

वन्यजन्तुको आक्रमणबाट अधिकांश घटना वनभित्रै भएको पाईन्छ,’उनले भने,‘काठ दाउरा,साग टिप्न गएको बेला आहारा प्रजाति भनेर बाघले आक्रमण गर्छ ।’

 ए टिभी न्युज नेपाल / अफजल खान

बर्दिया,असार १२  जैविक विविधता संरक्षण पर्यापर्यटन पवद्र्धन र मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया कार्यक्रम गुलरियामा सम्पन्न भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग तथा नेपाल पत्रकार महासंघ बर्दियाको आयोजनामा बिहीबार संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।                         

पछिल्लो सयम वन्यजन्तुको आक्रमण बढ्दो छ । मानव र वन्यजन्तु बिच कसरी सहअस्तित्व कायम गरि द्वन्द्व न्युनिकरण गर्न सकिने छलफल गरिएको छ ।

वन्यजन्तुले आफ्नो बानी व्यवहार परिर्वतन गर्न सक्दैन तर, मानवले आफ्नो बानी व्यवहार परिर्वतन गर्न सके द्वन्द्व न्युनिकरण हुने अन्तरक्रिया कार्यक्रमका मुख्य प्रशिक्षक राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए ।

‘वन्यजन्तुको आक्रमणबाट अधिकांश घटना वनभित्रै भएको पाईन्छ,’उनले भने,‘काठ दाउरा,साग टिप्न गएको बेला आहारा प्रजाति भनेर बाघले आक्रमण गर्छ ।’ त्यसैगरि बुढो वा अशक्त भई शिकार गर्न नसक्ने बाघ बस्तीमा पल्केर दुःख दिईरहेको पाईन्छ । बस्तीमा पल्केको समस्याग्रत बाघलाई पहिचान गरि मानवीय क्षति हुन नदिन समयमै रेस्क्यु गरि सुरक्षित स्थानमा लगिरहेको प्रमुख तुम्वाहाम्फेले जानकारी दिए ।                                            

यस अन्तरक्रियाले कार्यक्रमले संरक्षण सम्बन्धि रिपोटिङ गर्ने पत्रकारहरुलाई सहज हुने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष डिल प्रकाश गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रमका सहभागिहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP