Trend
बिहिबार , कार्तिक २८, २०८२

ए टिभी न्युज नेपाल / अफजल खान

गुलरिया नगरपालिका–७ का ३२ वर्षीय वीरेन्द्र यादव चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।शनिबार बेलुका ५ बजेतिर गुलरिया नगरपालिका–६ स्थित सर्जु सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले यादवलाई आक्रमण गरेको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए ।                                                                 

‘घाइते यादवको अवस्था सामान्य रहेको छ,’ प्रमुख सुवेदीले भने, ‘टाउकोमा सामान्य चोट लागेको छ, बर्दिया अस्पतालमा उपचारपछि यादव राति नै घर फर्किसकेका छन् ।’

गत असार १ गते र जेठ २१ गते गुलरिया नगरपालिका–५ बालापुर स्थित थारु सामुदायिक वनबाट वनले दुई वटा समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिइसकेको छ।

गत जेठ १४ गते गुलरिया नगरपालिका–५ बालापुरकी ७ वर्षीया सायरा थारुलाई चितुवाले आक्रमण गरी मारेको थियो । त्यसैगरी गत वैशाख १५ गते गुलरिया नगरपालिका–६ डम्पिङ साइड सर्जु सामुदायिक वनमा चितुवाले आक्रमण गरी ९ वर्षीया मेलिना खड्काको ज्यान लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP