Trend
आइतबार , भाद्र २८, २०८३

ए टिभी न्युज नेपाल / अफजल खान

गुलरिया नगरपालिका–७ का ३२ वर्षीय वीरेन्द्र यादव चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।शनिबार बेलुका ५ बजेतिर गुलरिया नगरपालिका–६ स्थित सर्जु सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले यादवलाई आक्रमण गरेको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए ।                                                                 

‘घाइते यादवको अवस्था सामान्य रहेको छ,’ प्रमुख सुवेदीले भने, ‘टाउकोमा सामान्य चोट लागेको छ, बर्दिया अस्पतालमा उपचारपछि यादव राति नै घर फर्किसकेका छन् ।’

गत असार १ गते र जेठ २१ गते गुलरिया नगरपालिका–५ बालापुर स्थित थारु सामुदायिक वनबाट वनले दुई वटा समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिइसकेको छ।

गत जेठ १४ गते गुलरिया नगरपालिका–५ बालापुरकी ७ वर्षीया सायरा थारुलाई चितुवाले आक्रमण गरी मारेको थियो । त्यसैगरी गत वैशाख १५ गते गुलरिया नगरपालिका–६ डम्पिङ साइड सर्जु सामुदायिक वनमा चितुवाले आक्रमण गरी ९ वर्षीया मेलिना खड्काको ज्यान लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP