Trend
मंगलबार , भाद्र ३०, २०८३

बर्दिया,असार १८ / राजापुर र टिकापुर जोड्ने कर्णाली नदीमा रहेको सत्तिघाट पुलमा कुनै समस्या नरहेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सुचना जारी गर्दै सत्तिघाट पुल सकुशल रहेको जनाएको हो ।

गत आइतबार देखि राजापुर र टिकापुर जोड्ने सत्तिघाट पुल भाँसिई हिडडुल गर्न नमिल्ने टिकटकमा भिडियो शेयर भएको थियो । उक्त भिडियोले फेसबुकमा निकै चर्चा भएको थियो ।

उक्त भिडियोमा शेयर गरिएको तस्विर विगत वर्षको भएको र यस वर्ष त्यस्तो कुनै समस्या नरहेकोले निर्वाध रुपमा पुलमा आवागमन भईरहेको प्रशासनले जारी गरेको विज्ञप्तीमा खुलाईएको छ ।

यस्तो घटनाप्रति स्थानीय प्रशासनको ध्यानाकर्षण भएको जनाईएको छ । यस्ता भ्रामक खबर पुनःदोहो¥याउनेलाई कानुन बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP