Trend
बिहिबार , माघ २, २०८२

बर्दिया,असार १८ / राजापुर र टिकापुर जोड्ने कर्णाली नदीमा रहेको सत्तिघाट पुलमा कुनै समस्या नरहेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सुचना जारी गर्दै सत्तिघाट पुल सकुशल रहेको जनाएको हो ।

गत आइतबार देखि राजापुर र टिकापुर जोड्ने सत्तिघाट पुल भाँसिई हिडडुल गर्न नमिल्ने टिकटकमा भिडियो शेयर भएको थियो । उक्त भिडियोले फेसबुकमा निकै चर्चा भएको थियो ।

उक्त भिडियोमा शेयर गरिएको तस्विर विगत वर्षको भएको र यस वर्ष त्यस्तो कुनै समस्या नरहेकोले निर्वाध रुपमा पुलमा आवागमन भईरहेको प्रशासनले जारी गरेको विज्ञप्तीमा खुलाईएको छ ।

यस्तो घटनाप्रति स्थानीय प्रशासनको ध्यानाकर्षण भएको जनाईएको छ । यस्ता भ्रामक खबर पुनःदोहो¥याउनेलाई कानुन बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP