Trend
बिहिबार , अषोज २२, २०८३

 अफजल खान / बर्दिया, असार २० / लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित स्थानबाट दुई जनालाई लागूऔषधसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–७ पडरियाका २२ वर्षीय आकाशबहादुर मगर र २८ वर्षीय देवसिंह ठकुरी रहेका छन्।

दुवै जना भारतीय बलईगाउँ बजारबाट शङ्कास्पद रूपमा नेपालतर्फ आइरहेको अवस्थामा नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै जनाले लुकाइछिपाई राखेको १ ग्राम लागू औषध ब्राउन सुगर फेला परेको हो।

दुवै जनालाई नियन्त्रणमा लिएर अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपालले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP