Trend
मंगलबार , असार ३०, २०८३

 अफजल खान / बर्दिया, असार २० / लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित स्थानबाट दुई जनालाई लागूऔषधसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–७ पडरियाका २२ वर्षीय आकाशबहादुर मगर र २८ वर्षीय देवसिंह ठकुरी रहेका छन्।

दुवै जना भारतीय बलईगाउँ बजारबाट शङ्कास्पद रूपमा नेपालतर्फ आइरहेको अवस्थामा नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै जनाले लुकाइछिपाई राखेको १ ग्राम लागू औषध ब्राउन सुगर फेला परेको हो।

दुवै जनालाई नियन्त्रणमा लिएर अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपालले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:


TOP