Trend
बिहिबार , कार्तिक २८, २०८२

ताजिया जुलुसमा बालबालिका, युवा तथा वृद्धहरू सबैको सहभागीता थियो

अफजल खान/बर्दिया, असार २२ । मुस्लिम समुदायले प्रत्येक वर्ष विशेष श्रद्धा र भक्तिपूर्वक मनाउने मोहर्रम पर्व अन्तर्गत ताजिया जुलुस आज विशेष कार्यक्रमसहित सेलाएर सम्पन्न गरिएको छ। 

गुलरिया लगायत बर्दियाका विभिन्न स्थानहरूमा मुस्लिम समुदायका व्यक्तिहरूले ताजिया निकाल्दै हुसैनको सम्झनामा ताजिया जूलूस निकालेका थिए। ताजिया जुलुसमा बालबालिका, युवा तथा वृद्धहरू सबै सहभागी थिए।   

यो पर्व इस्लाम धर्मका प्रमुख पात्र हजरत इमाम हुसैनको बलिदान(सहादत) सम्झना स्वरूप मनाइन्छ। करबला मैदानमा सत्य, धर्म र न्यायको पक्षमा उभिएका इमाम हुसैन र उनका अनुयायीहरूको शहादतको सम्झनामा यो पर्व मनाइने गरिन्छ।

ताजिया कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र सुरक्षाको पूर्ण व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। स्थानीय तह, प्रहरी प्रशासन र स्वयंसेवकहरूको सक्रिय सहभागितामा जुलुस शान्तिपूर्वक सम्पन्न भएको हो।

मोहर्रमको अवसरमा शुभकामना आदानप्रदानसँगै मुस्लिम समुदायले आत्मशुद्धि र शान्तिको कामना गर्दै प्रार्थना पनि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP