Trend
आइतबार , भाद्र २८, २०८३

ए टिभी न्युज नेपाल

अफजल खान / बर्दिया — इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम गुलरिया लगायत बर्दिया जिल्लामा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ। सद्भाव, सहिष्णुता र एकताको प्रतीकका रूपमा मनाइने यस पर्वलाई लक्षित गर्दै गुलरिया क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो।

जिल्ला प्रहरी कार्यालय बर्दिया, सशस्त्र प्रहरी बल र स्थानीय, प्रशासनको समन्वयमा सुरक्षा संयन्त्रलाई पूर्ण सक्रिय बनाइएको थियो। ताजिया जुलुस, लगायतका कार्यक्रमहरू कुनै अप्रिय घटना विना सम्पन्न भएका छन्।

नेपाल प्रहरीको सक्रियता, सतर्कता र जिम्मेवार भूमिका का कारण सम्पूर्ण कार्यक्रमहरू शान्तिपूर्ण र मर्यादित तरिकाले सम्पन्न हुन सफल भएकोमा स्थानीय नागरिक, मुस्लिम समुदायका अगुवा र सामाजिक अभियन्ताहरुले धन्यवाद ज्ञापन गरेका छन्।

सुरक्षाकर्मीहरू बिहानैदेखि चोक, गल्ली, ताजिया मार्ग तथा सम्भावित संवेदनशील क्षेत्रहरूमा खटिएका थिए। भिड नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा आकस्मिक स्थिति व्यवस्थापनमा समेत प्रहरीले कुशल भूमिका निर्वाह गरेको देखिएको छ।

“समाजमा धार्मिक सहिष्णुता र सद्भाव कायम राख्न सबै धर्मावलम्बीहरुको साथ–सहयोग अनिवार्य छ,” बर्दिया प्रहरी प्रमुखले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP