
अफजल खान / बर्दिया, असार २३/ आफ्नै घरमा पालेको राँगाले हानेर घाइते भएका बाँसगढी नगरपालिका–७ हरैयाका ७४ वर्षीय अर्जुन थारुको मृत्यु भएको छ ।आइतबार बिहान साढे ११ बजेतिर घाँस हाल्ने क्रममा राँगाले हानेर थारु घाइते भएका थिए ।
उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको थियो ।उपचारको क्रममा थारुलाई आइतबार साँझ सवा ७ बजे चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुलरिया प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए ।