Trend
बिहिबार , कार्तिक २८, २०८२

अफजल खान

बर्दिया, असार २४ / रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बर्दियाका पाँच जना बेपत्ता भएका छन् । मंगलबार बिहान करिब ४ बजे आएको बाढीमा परि बर्दियाका पाँच बेपत्ता भएका हुन् ।

उक्त बाढीमा बर्दियाका पाँच जनासहित २० जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनीका ३० वर्षिय सुरेश थारु, बारबर्दिया नगरपालिका वडा नं. १० फेनापतीका ३२ वर्षिय सन्तोष दहित, २५ वर्षिय बुद्धिराम दहित, गुमस्ताका ३६ वर्षिय जिप्पन चौधरी र बढैयाताल गाउँपालिका-६ का २९ वर्षिय लक्ष्मी नारायण चौधरी रहेका छन् ।

बिहानै सम्पर्कविहीन भएको घरमा खबर आउँदा पुरै गाउँनै शोकमा डुबेको छ । उनीहरु ज्याला मजदुरी गर्न गएका थिए । सम्पर्कविहीनहरुको खोजी गरिदिनहुन आफन्तले हारगुहार गरेका छन् ।

 

Activate W

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP