Trend
मंगलबार , अषोज २०, २०८३

“शैली र समय हैन, मुद्दा बोल्नुपर्छ। पत्रकारिता सत्यका लागि हो, सत्ताका लागि होइन।”

अफजल खान / बर्दिया – संचारकर्मी दिवाकर शाहमाथि भएको दुर्व्यवहारप्रति संचार क्षेत्रमै तीव्र आलोचना शुरु भएको छ। शाहले पेशागत धर्म अनुसार गरेका रिपोर्टिङको शैली र समयको आधारमा आलोचना हुनेक्रम बढिरहँदा, उनी उठाएका मूल मुद्दालाई भने धेरैले बेवास्ता गरिरहेको देखिन्छ।

एक पत्रकारले तथ्यमा आधारित समाचार सार्वजनिक गर्दा अर्को पत्रकार नै शैली र समयमाथि प्रश्न उठाउनु दुःखद पक्ष हो। पत्रकारिता पेशाको मूल धर्म सत्य खोज्नु र जनतालाई सुसूचित गर्नु हो। शैली फरक हुन सक्छ, परिस्थिति फरक हुन सक्छ – तर उठाइएको मुद्दा सहि छ कि गलत भन्ने कुरामा नै केन्द्रित हुन आवश्यक छ। तर दुर्भाग्यवश, दिवाकर शाहले उठाएका महत्वपूर्ण प्रश्नहरूलाई ओझेलमा पार्दै व्यक्तिको शैली र अभिव्यक्तिमाथि आक्रमण हुनु आपत्तिजनक छ।

शैलीको बहानामा सत्यतथ्य ढाकछोप गर्ने, अरूलाई खुसी पार्न रिपोर्टिङको घाँटी निमोठ्ने प्रवृत्तिले पत्रकारिताको मूल्य र नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ। पत्रकार बिरुद्ध पत्रकार हुने संस्कृति पत्रकारिताको मौलिक मूल्य विपरित हो।

अबको आवश्यकता भनेको – उठाइएको विषयको सत्यतथ्य छानबिन होस्, अन्यायमा परेका आवाजलाई समर्थन गरियोस् र संचारकर्मीहरूबीचको एकता सुदृढ गरियोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

२

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

५

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

६


TOP