Trend
आइतबार , भाद्र २८, २०८३

ज्ञानेन्द्र पोख्रेल / बर्दिया— एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दिया, जिल्ला प्रशासन कार्यालय बर्दिया तथा बढैयाताल गाउँपालिकाको पशु सेवा शाखाको संयुक्त अनुगमन टोलीले आज बढैयाताल गाउँपालिकाभित्र सञ्चालित मासु पसल तथा दुग्ध डेरीहरूमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता नभएको, सरसफाइमा ध्यान नदिएको र मापदण्डअनुसारको संरचना नबनाई सञ्चालन गरिएको पाइएको छ। यस्ता कमजोरीहरूलाई मध्यनजर गर्दै सम्बन्धित व्यवसायीहरूलाई निश्चित समयावधिभित्र दर्ता गर्ने, सरसफाइमा सुधार ल्याउने र संरचना मापदण्डअनुसार बनाउने सुझाव दिइएको छ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका कर्मचारी अनिल शर्माका अनुसार समयमै सुधार नगरेमा आवश्यक कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

संयुक्त टोलीद्वारा गरिएको यो अनुगमनले स्थानीय उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै खाद्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयनमा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP