Trend
बिहिबार , माघ २, २०८२

अफजल खान /कास्की — मनसुन सक्रिय भएसँगै कास्की जिल्लाका चारवटा गाउँमा सम्भावित प्राकृतिक जोखिम न्यूनीकरण गर्नका लागि राति सवारी आवतजावतमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बाढी तथा पहिरोका कारण यात्रु तथा सवारी साधनमा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै बुधबारदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधनको राति आवतजावतमा कडाइ गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उच्च जोखिमयुक्त क्षेत्रका रुपमा चिनिएका गाउँहरूमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

प्रशासन कार्यालयका अनुसार उक्त आदेश आगामी १५ दिनसम्म लागू हुनेछ भने आवश्यकताअनुसार थप अवधि पनि बढाउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP