Trend
बुधबार , कार्तिक २०, २०८२

इलाम– पचहत्तर प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पाएपछि माईजोगमाई गाउँपालिका–३ का हरि ढकालले खेती विस्तार गरेका छन् । माईजोगमाई–५ का तुलसी चापागाईँ पनि खेतबारी खन्ने झन्झटबाट मुक्त भएपछि हिजोआज उनी खेतमा नै व्यस्त छन् ।

अनुदानमा चिया टिप्ने मेसिन पाउँदा व्यावसायिक बन्ने प्रतिबद्धता व्यक्त गर्छन् सोही पालिका–१ प्रमेजुङका चन्द्र भण्डारी ।

‘विगतको तुलनामा उत्पादन बढ्ने विश्वास छ’, किसान भण्डारीले भने ।

माईजोगमाई गाउँपालिकाले कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई बिहीबार हाते ट्रयाक्टर र चिया टिप्ने मेसिन वितरण गरेपछि उहाँहरू कृषि कर्ममा लाग्न उत्साहित भएका हुन् । पचहत्तर प्रतिशत अनुदानमा वितरण गरिएको यन्त्रले किसानमा उत्साह र व्यावसायिक कृषिको सम्भावना बढाएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए।

‘छ अश्वशक्तिका १० र सात अश्वशक्ति क्षमताका १३ वटा हाते ट्र्याक्टर तथा १७ वटा चिया टिप्ने मेसिन वितरण गरेका छौँ’, अध्यक्ष थेबेले भने।, ‘कोशी प्रदेश सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा वितरण गरिएका उपकरणका लागि किसानले २५ प्रतिशत लागत सहभागिता जनाएका छन् ।’

उनले वितरण गरिएका सामग्रीको प्रभावकारी प्रयोगका लागि अनुगमन गरिने बताए। सभारखबरहब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP