Trend
बिहिबार , कार्तिक २८, २०८२

 

बर्दिया,
बर्दियाका वरिष्ठ पत्रकार, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष तथा बर्दिया शाखाका पूर्व अध्यक्ष  कृष्णप्रसाद बस्याल (राकेश) को मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएको खबरले सम्पूर्ण पत्रकारिता क्षेत्र स्तब्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी चक्र डमर पालका अनुसार बस्यालको उपचारको क्रममा शिक्षण अस्पताल, नेपालगन्जमा राति निधन भएको हो। दुर्घटना बारबर्दिया नगरपालिका–८ स्थित हुलाकी सडकको गणेश चोकमा भएको थियो।

साइकल यात्रीलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। पछाडि सवार बस्याल गम्भीर घाइते भएका थिए भने चालक विष्णु पौडेलसमेत घाइते अवस्थामा गुलरियामा उपचाररत छन्।

बारबर्दिया नगरपालिका–४ का साइकल यात्रु प्रदिप थारु भने सामान्य घाइते भई उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

उहाँले लामो समयदेखि सक्रिय रहँदै बर्दियाको पत्रकारिता क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको थियो। उहाँको निधनले केवल एक पत्रकार मात्र होइन, एक असल अभिभावक, नेता र मार्गदर्शक गुमाएको महसुस गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP