Trend
बुधबार , कार्तिक २०, २०८२

काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनीसँगै कार्यालय सहयोगी टीकाराम राउतलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त परिमाणको घुस रकमसहित मंगलबार दिउँसो पक्राउ गरेको हो

उनीहरूले चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर घुस मागेको अख्तियारले जनाएको छ । त्यसपछि अख्तियारको टोली स्टिङ अप्रेसनका लागि भक्तपुर मालपोत पुगेको थियो ।

आचार्यले कार्यालय सहयोगी राउतमार्फत् जग्गाको लगत कट्टाका लागि उक्त घुस रकम लिएको खुलेको छ । उनीहरूलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मालपोत परिसरबाटै घुस लिएको रकमसहित समातेको हो ।

उक्त घुस रकम कार्यालय सहयोगी राउतबाट बरामद भएको हो । कार्यालय प्रमुख आचार्य पक्राउ परेको पुष्टि अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले खबरहबलाई गरेका छन् ।‘कार्यालय प्रमुख आचार्य र सहयोगी पक्राउ परेका छन् । यसमा घुस लिनेहरू अन्य पनि थपिन सक्छन्’, उनले भने, ‘अख्तियारको टोलीले मुचुल्का उठाइरहेको छ । अन्य थप विवरण पक्राउ परेकाहरूलाई कार्यालयमा ल्याएसँगै थाहा हुनेछ।’सभारखबरहब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP