राजेन्द्र प्रसाद धिताल

नियतिको नीति सरल हुने रहेनछ ,त्यो कहिलेकाही क्रूर र निर्मम हुदोरहेछ ।मान्छे छ।लामो समय सहयात्रा र सङ्गतमा रहे को साथी सदाका लागि विदा हुँदा गहिरो पीडा बोध भइरहेको छ र उनीसग जोडिएका अनकौ स्मृतिहरु मानसपटलमा एकनास दौडिरहेका छन् र साथी राकेशको उज्यालो व्यक्तित्व हरदम आखा अगाडि आइरहन्छ ।
२०५५ सालमा म गुलरियामा आउँदा राकेश बस्याल बर्दियामा पत्रकारिता क्षेत्रमा चर्चित थिए ।गुलरिया आउनु अगाडि म अध्ययनको क्रममा नेपालगन्जमा थिए ।नेपालगन्जमै पनि राकेश जीको चर्चा थियो ।पत्रकारिता बाहेक राजनीतिमा पनि उनको उचाइ थियो ।२०४६ सालको जन आन्दोलनमा उनको सक्रिय सहभागिता ,उनको घरबाट जनआन्दोलनको क्रममा निकालिएको जुलुसको प्रसङ्ग सर्वत्र चर्चाको विषय बनेको थियो।नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिन सक्रिय एउटा बौद्धिक कलमकर्मीको रूपमा उनको उनको व्यक्तित्व आकर्षक बनेको थियो ।प्रजातान्त्रिक आन्दोलनका सक्रिय अभियन्ता एवम् बौद्धिक व्यक्तित्व श्री गणेशराज पोखरेलसगको सहलेखनमा नयाँ मुलुकमा प्रजातान्त्रिक आन्दोलन नामक ऎतिहासिक कृतिको प्रकाशन गरेर उनले यस क्षेत्रमा एउटा लेखकको छवि समेत निर्माण गरिसकेका थिए ।
गुलरिया आएपछि मेरो राकेश जीसग मित्रता सुरु भयो ।२०५५/५६ तिर गुलरियामा वासु चौधरी सम्पादक र युवराज श्रेष्ठ प्रकाशक रहेको नयाँ मुलुक साप्ताहिक अखबार निस्कन्थ्यो।त्यस पत्रिकामा राकेश बस्यालको मुक्त कलम नामको स्तम्भ थियो ।स्थानीय पत्रिका नयाँ मुलुक बर्दियामा असाध्यै लोकप्रिय थियो साथै मुक्त कलम स्तम्भ पनि पत्रिकाको बौद्धिक सम्पत्तिको रूपमा स्थापित थियो ।त्यतिबेला हामीले बर्दियामा कृष्णसार साप्ताहिक प्रकाशित गरेका थियौं ।
यसै बीच २०५९ सालतिर राकेश जी नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाको सभापति निर्वाचित भए ।उनको कार्यकाल बर्दियाका पत्रकारहरुका लागि आशा र उत्साहको समय थियो ।सरल स्वभाव र स्थापित व्यक्तित्व भएका कारण महासङ्घका कार्यक्रमहरु ओज पूर्ण र उपलब्धि मूलक हुने गर्दथे।राजनीति ,प्रहरी प्रशासन ,राष्ट्रिय निकुञ्ज लगायतका समाचारसग सरोकार राख्ने क्षेत्रहरुमा पत्रकारको सहज पहुँचका लागि उनले संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।उनको संयोजनमा धेरै कार्यक्रमहरु मा सहभागी भएको मिठो अनुभूति स्मृतिमा अहिलेसम्म पनि जीवन्त छ।विशेष गरेर बर्दियाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि ,बर्दियामा आउने राष्ट्रिय राजनीतिमा पहुँच राख्ने व्यक्ति ,सत्ताको महत्त्वपूर्ण पदमा पदासिन पदाधिकारीसग नेपाल पत्रकार महासङ्घको व्यानरमा एक आपस कार्यक्रमको आयोजना गर्ने सुन्दर परिपाटी उनले बसालेका थिए ।                                    वास्तवमा उनको कार्यकालमा नेपाल पत्रकार महासङ्घ समसामयिक विषययमा छलफल र चिन्तन गर्ने भरपर्दो चौतारीका रूपमा स्थापित थियो ।२०६२ सालमा उनी नेपाल पत्रकार महासङ्घको तत्कालीन मध्यपश्चिमका क्षेत्रबाट प्रतिनिधित्व गर्दै केन्द्रीय उपाध्यक्ष बने ।केन्द्रीय नेतृत्वमा रहेर उनले अभिव्यक्ति स्वतन्त्रता ,मानवअधिकार ,कानूनी शासनको पक्षमा सक्रियता पूर्वक आफ्नो पदीय जिम्मेवारी निर्वाह गरे ।२०६२/६३ को आन्दोलनमा नेपाल पत्रकार महासङ्घको नेतृत्वदायी भूमिका थियो ।

निरङ्कुश सत्ताले प्रेसमाथि दमन गर्ने ,पत्रकारहरुलाई फुटाउने ,विभिन्न प्रलोभन दिएर राजावादी पत्रकारको जमात तयार गर्ने रणनीति अख्तियार गरेको थियो ।राकेश जी लोकतन्त्रप्रतिको निष्ठा र नेपाल पत्रकार महासङ्घको आदर्शबाट कहिल्यै विचलित भएनन् ।यो उनको व्यक्तित्वको उज्यालो विशेषता हो।
उनले राजधानी ,अन्नपूर्ण पोष्ट ,रेडियो नेपालजस्ता लोकप्रिय र पहुँच भएका संचारमाध्यममा अनुबन्धित भएर काम गरे ।बर्दियाको स्थानीय पत्रिका चुरेकुन्जको सम्पादकको हैसियतमा उनी विगत १२ बर्षदेखि कृयाशील थिए।पत्रकारितामा विशेष गरी संरक्षण क्षेत्र उनको अभिरुचिको क्षेत्र थियो ।उनले यस क्षेत्रमा लामो समयदेखि व्यक्तिगत र संस्थागत रूपमा सक्रियता देखाएका थिए।पत्रकारिताको साथसाथै सामाजिक क्षेत्रमा पनि उनको सक्रियता थियो बर्दियाको अगुवा सामाजिक संस्था राधाकृष्ण थारु जनसेवा केन्द्रमा उनी नेतृत्वदायी भूमिकामा थिए ।जिल्लाको कृकेट संघमा उअनको सक्रियता थियो ।

उनी बर्दियाली साहित्य समाजका आजीवन सदस्य थिए ।राजनैतिक रूपमा उनी नेपाली काङ्ग्रेसको कृयाशील सदस्य र क्षेत्रीय प्रतिनिधिको भूमिकामा थिए ।२०२९ सालमा बर्दियाको गुलरियामा जन्मेका राकेश बस्यालको यही २०८२ असार २९ गते राति मोटरसाइकल दुर्घटनामा परी जीवन लीला समाप्त भयो ।उनका एक जीवन सङ्गिनी ,एक छोरी र एक छोरा रहेका छन् ।उनको दु:खद निधनले बर्दियाको पत्रकारिता लगायत विभिन्न क्षेत्रमा अपुरणीय क्षेति पुगेको छ।म यस पीडादायी क्षणमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP