Trend
बिहिबार , जेठ २८, २०८३

बर्दिया, साउन १/ अदालतले एक वर्षमा १ हजार ७ सय १७ मुद्दा फर्स्योट गरेको छ । अदालतले आर्थिक वर्ष ०८१/०८२ मा १ हजार ७ सय १७ मुद्दा फर्स्योट गरेको हो। अदालतले लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट गरेको छ।

आव ०८१/०८२ मा १ हजार ५ सय ३६ मुद्दा फर्स्योट गर्ने अदालतको वार्षिक लक्ष्य रहेको थियो । जसमा अदालतले वार्षिक लक्ष्यभन्दा १ सय ८१ बढी मुद्दा फर्स्योट गरेको छ ।

अघिल्लो आर्थिक वर्षका ८ सय ३ मुद्दा यस वर्षमा जिम्मेवारी सरेर आएको अदालतका स्रेस्तेदार कपिल पौडेलले बताए । ‘नयाँ १ हजार ४ सय ५० मुद्दा दर्ता हुँदा २ हजार २ सय ५३ वास्तविक लगत पुगेको थियो,’ उनले भने, ‘जसमा १ हजार ७ सय १७ मुद्दा फर्स्योट भएको छ भने ५ सय ३६ मुद्दा फर्स्योट हुन बाँकी छ ।’

देवानी मुद्दातर्फ यस वर्ष ४ सय १३ सम्बन्धविच्छेदका मुद्दामध्ये ३ सय ५६ मुद्दा फर्स्योट भएको छ भने ५७ मुद्दा फर्स्योट हुन बाँकी छ । फौजदारी मुद्दातर्फ १ सय ४८ लागू औषधका मुद्दामध्ये १ सय ३५ मुद्दा फर्स्योट भएको छ भने १३ मुद्दा फर्स्योट हुन बाँकी छ । त्यसैगरी ४९ वटा जबरजस्ती करणीका मुद्दामध्ये ३२ मुद्दा फर्स्योट भएको छ भने १७ मुद्दा फर्स्योट हुन बाँकी रहेको अदालतमा रेकर्ड सुरक्षित छ ।

विविध मुद्दाका कसुरदारहरूबाट २ हजार ४ सय १० वर्ष ९ महिना १० दिन कैद लगत असुल हुनुपर्नेमा अदालतले १ हजार २७ वर्ष १ महिना २३ दिन कैद असुल गरेको छ भने १ हजार ३ सय ८३ वर्ष ७ महिना २४ दिन कैद असुलउपर हुन बाँकी छ ।

जरिवानातर्फको लगत १५ करोड ४१ लाख २१ हजार ५ सय ७ रुपैयाँ असुल हुनुपर्नेमा २ करोड ८४ लाख ५३ हजार ४ सय ९६ रुपैयाँ असुलउपर भएको छ भने १२ करोड ५६ लाख ६८ हजार ११ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको अदालतका तहसिलदार श्रीधर सुवेदीले बताए ।

अदालतको सिङ्गो टिमको अथक मिहिनेत र प्रयासले ७६ दशमलव २० प्रतिशत मुद्दा फर्स्योट सम्भव भएको न्यायाधीश मनोज श्रेष्ठले बताए ।

खुला सिमानाका कारण लागू औषध दुर्व्यसनी बढेको र बढी मुद्दा दर्ता भएको न्यायाधीश डल्लुराम चौधरीले बताए । लागू औषध न्यूनीकरणका लागि जनचेतनामूलक समाचार सम्प्रेषण गर्न न्यायाधीश चौधरीले आग्रहसमेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP