Trend
बुधबार , फागुण २०, २०८२

अफजल खान

बर्दिया,साउन २/लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–६ का ३२ वर्षीय नफिस अहमद मनिहार र सोही वडाका ३५ वर्षीय असगर अलि तेलीलाई प्रहरीले लागू औषधसहित बिहीबार पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका–७ स्थित बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको लागू औषध फेला परेको प्रहरीले जनाएको छ । मनिहारको साथबाट १ सय १० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ र तेलीको साथबाट २ ग्राम ६ सय ९० मिलिग्राम लागू औषध चरेस जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

दुवै जनालाई नियन्त्रणमा लिई शुक्रबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको डीएसपी डमरपालले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP