
बर्दिया, साउन ४ / गोरुले हानेर एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका-५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आइतबार बिहान मृत्यु भएको हो।
घरमा पालेको गोरु बिहान छुटेको थियो । छुटेको गोरुलाई बाध्न गएको बेला वृद्धको मृत्यु भएको ठाकुरबाबा नगरपालिका-५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले बताए ।
‘गोरु बाँध्य डोरी कि जानु भएको रहेछ,’ वडाध्यक्ष थारुले भने, ‘घर देखि टाढा र एकान्त भएकोले गोरुले हान्दा कसैले देखेन, घटना स्थालमा उहाँको मृत्यु भएको रहेछ, म पनि घटना स्थलमै छु। मुचुल्का उठाउने काम भइरहेको,’ अध्यक्ष थारुले भने ।