Trend
बुधबार , फागुण २०, २०८२

अफजल खान

बर्दिया,साउन ५ /लागू औषधसहित तीन दिनमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–८ भादा स्थितबाट आइतबार दिउँसो दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अटो रिक्सामा सवार भई दुवै जना गुलरिया तर्फ आईरहेका थिए । गुलरिया नगरपालिका–९ टेपरीका ३० वर्षीय अवधेश यादव र ३२ वर्षीय विवेक गिरीसाथबाट प्रहरीले १ ग्राम २ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरेको छ ।

त्यसैगरि शनिबार बढैयाताल गाउँपालिका–२ फुटाह स्थित भारतबाट नेपाल तर्फ साइकलमा शंकास्पद रुपमा आइरहेका जिल्ला बाँके बैजनाथ गाउँपालिका–५ का १९ वर्षीय गौरव थारुलाई चेकजाँच गर्दा लुकाई छिपाई राखेको १ ग्राम ४ सय मिलिग्राम लागू औषध ब्राउन प्रहरीले फेला पारेको थियो ।

शुक्रबार गुलरिया नगरपालिका–७ स्थित लागू औषध बेचबिखन भईरहेको गोप्य सुचनाको आधारमा सोही वडाका ३१ वर्षीय अशोक कुमार यादवको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम र ४३ वर्षीय राम प्रसाद रैदासको साथबाट १ सय १० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पाँचै जनालाई नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP