बर्दिया / सरकारले संघर्ष समितिको माग पुरा नगरे कडा आन्दोलनमा उत्रिने लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले चेतावनी दिएको छ । समितिले सोमबार गुलरियामा पत्रकार सम्मेलन गरि लघुवित्त संस्थाको विरुद्धमा आन्दोलन उत्रिने चेतावनी दिएका हुन् । च्याउ जस्तै उम्रेका लघुवित्त संस्थाहरुले महिलाहरुलाई आत्महत्या गर्न बाध्य बनाएको वित्तिय उत्पिडन विरुद्धको महिला सञ्जाल नेपालकी केन्द्रिय संयोजक आशा कुमारी शन्जेलले बताईन् ।

‘लघुवित्त संस्थाले गर्दा सयौं महिलाहरु ज्यान गुमाएका छन्,’उनले भनिन्,‘कतियौंले बालबच्चा छोडेर बिदेशिन बाध्य भएका छन् ।’ कतियौं महिलाहरुलाई लघुवित्तले कालो सुचीमा राखेकोले बालबच्चाहरु अध्ययनको लागि बाहिरसमेत जान पाएका छैनन् । उनीहरुलाई लघुवित्तले कालो सुचीबाट तत्काल हटाईएन भने लघुवित्त संस्थालाई खोजी खोजी लखेट्ने योजना रहेको केन्द्रिय संयोजक शन्जेलले जनाईन् ।

ग्रामिण क्षेत्रमा कम व्याजमा ऋण लगानी गरि महिलाहरुलाई अगाडि बढाउने उदेश्यले सरकारले वित्तिय संस्थालाई गाउँघरमा पठाएको थियो तर, यहाँ वित्तिए संस्थाले मनपर्धी व्याजदर कायम गरि महिलाहरुलाई रोडमा ल्याईसकेको राजापुर नगरपालिका–३ की मिना आचार्यले बताईन् । ‘एक लाख निकाल्दा रु १५ हजार त्यहि छोड्नु पथ्र्यो,’उनले भनिन्,‘वित्तिय संस्थाले गर्दा महिलाहरु आर्थिक हिंसामा परेका छन् ।’ गाउँमा हात जोड्दै आएका संस्थाले अहिले महिलाहरुको उठिबास लगाएका छन् । अनेक बाहाना देखाएर सोझा साझा महिलाहरुलाई ऋणको जालमा फसाएर मानसिक तनाव दिईरहेको उनले सुनाईन् ।

नव सामन्तीको रुपमा स्थापित लघुवित्त तथा वित्तिय संस्थाहरु खारेज गर, लघुवित्तिय संस्थाहरुद्वारा सामुहिक रुपमा लगाईएका अन्यय पुर्ण ऋण मिनाहा गर, कालो सुचि तथा धितो लिलाम फुकुवा गर लगायतको माग राखी संघर्षमा उत्रिएको लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिका अध्यक्ष खुमलाल थारुले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP