
अफजल खान / बर्दिया, साउन ८/ मानखोलामा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको छ । बढैयाताल गाउँपालिका–४ मानकिनार स्थित मानखोलाको बिचमा घोप्टो परेको अवस्थामा पहिचान नखुलेको पुरुषको बुधबार राति साढे १० बजे शव फेला परेको हो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पानीबाट बाहिर निकाली बर्दिया अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
५ फिट ५ इन्च उचाई, माथि खरानी रङको जेन्स कुर्ती, भित्र रातो गन्जी, तल खरानी रङको हाप कट्टु र टाउकोमा भातगाउँले टोपी रहेको पहिचान नखुलेको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।