ज्ञानेन्द्र पोख्रेल /
काठमाडौ वाट बर्दियाको राजापुर तर्फ जादै गरेको बसले ठक्कर दिदा बढैयाताल गाँउपालिका वडा नम्बर ८ मयुरवस्ती बस्ने वर्ष ४० का धन बहादुर थारू घाईते भएका छन ।
आईतबार विहान १० बजे बढैयाताल गाउपालिका वडा नं ७ को पचासा चोक नजिक भएको घटना गर्ने लु प्र००३१ ख ००२५ नंम्बर को रात्री बसले ठक्कर दिंदा घाईते थारुलाइ टाउकोमा चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि नेपालगंजको नर्सिङ्ग होममा पठाइएको प्रहरीले जनाएको छ ठक्कर दिने बस र चालक लाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी दियो । प्रहरीका अनुसार घाइते को अवस्था सामान्य रहेको छ ।
नेपालगंज गुलरिया सडक खण्ड फोर लेन भएपछि सवारी साधनहरु तिव्र गतिमा गुडने र साइकिल र पैदल यात्रीहरुले सावधानी नअपनाउँने कारण हालका दिनहरुमा दुर्घटनाका घटनाहरु बढदै गईरहेका छन ।