
बर्दिया, साउन १४ / लागू औषध ब्राउन सुगरसहित भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थितबाट भारत जिल्ला बहराईच मोतिपुर थाना बलैगाउँकी ५० वर्षीया जगदैया देबी थारुलाई लागू औषध ब्राउन सुगरसहित प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ साइकलमा शंकास्पद रुपमा आइरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा ४ ग्राम ९ सय ४० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
महिलालाई नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।