Trend
मंगलबार , फागुण १९, २०८२

ज्ञानेन्द्र पोख्रेल

 बर्दिया / बढैयाताल गाउपालिका वडा नं ६ कार्यालय को समन्वयमा श्रीमा ग्रुप लिमिटेड भारत को सहयोग मा उपलब्ध भएको धुवाँ रहित चुलो आज बुधवार वडा नं ६ ले विपन्न वर्गका परिवार लाई निशुल्क वितरण गरेको छ।

उक्त ग्रुप ले पहिलो चरणमा उपलब्ध गराएको ५० थान धुवाँरहित सुधारिएको चुलो बढैया ताल वडा नं ६ का अति विपन्न ५० परिवार छनौट गरि वितरण गरिएको जानकारी बडा नं ६ का अध्यक्ष शुक्र राज सापकोटाले दिएका छन्

भने श्रीमा ग्रुप लिमिटेड भारतका प्रतिनिधि अजय कुमार ले यस भन्दा अगाडि आफुहरुले बाँके जिल्लामा निशुल्क वितारण गरेको र अबका दिनहरुमा बदिया मा वितरणको शुरुवात बढैयाताल बाट गरिएको र स्वास्थ र बतावरण लाई सन्तुलित राख्न यो चुलो निकै महत्वपूर्ण हुने भएकोले आफुहरुले यो अभियानलाई निरन्तरता दिएको भनाई राखेका थिए

भने दाउरा बाल्दा अन्य चुलोमा भन्दा यस चुलोमा कम लाग्ने र धुवाँ समेत नआउने भएकोले दाउरा प्रयोग गरी खाना पकाउने सबैलाई यो चुलो प्रयोग गर्न सुझाव दिए साथै यो चुलोको प्रयोग बढदै गएको अवस्थामा स्थानिय सरकारले समन्वय गरेको खण्डमा आफुहरुले सबै घर परिवार लाई पुग्ने गरि निशुल्क रूपमा चुलो उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भने यस कार्यक्रममा बढैयाताल गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारुले श्रीमा ग्रुप ले यसरी निशुल धुवाँरहित चुलो सहयोग गरेकोमा धन्यवाद दिनुभयो साथै यस ग्रुप ले धुलो र धुवाँ वाट मानव स्वास्थ्य का साथै वातावरण संरक्षण मा परेको असर न्युनिकरण गर्ने सवाल मा गरेको योगदानको प्रसंशा गरेका थिए भने यस कार्यक्रममा बढैयाताल गाउपालिका का लेखा अधिकृत नारायण राज त्रिपाठी, विद्यालयका अध्यक्ष गोविन्द त्रिपाठी ,जनप्रतिनिधि हरु , वडा सचिव शिव शर्मा , सहयोगी दाता श्रीमा ग्रुप लिमिटेड भारत का प्रतिनिधि अजय कुमार र सन्तोष पाण्डे , संञ्चारकर्मी लगायत विपन्न परिवारका सदस्यहरु को उपस्थिति रहेको थियो भने वडा नं ६ का अध्यक्ष शुक्र राज सापकोटाको सभापतित्व मा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP