Trend
आइतबार , भाद्र २८, २०८३

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / बढैयाताल गाउपालिका वडा नं ६ को आब २०८१/०८२ को बजेट बाट खरिद गरिएको ५० थान डस्टबिन आज विषेश कार्यक्रम गरी मैनापोखर बजार क्षेत्रमा वितरण गरिएको छ ।

मैनापोखर बजार फोर लेन सडक बने संगै बजार लाई सफा सुग्घर र सुन्दर बनाउने दायित्व व्यवसायी लगायत वडा कार्यालय समेत को रहेको साथै मैनापोखर बजार पालिका को केन्द्र समेत भएको हुदाँ यस बजार को सुन्दरता अझ बढोस भन्ने उद्देश्यले डस्ट विन बजारका विभिन्न ठाँउमा राखिएको र सबैलाई यत्र तत्र फोहर नफाली डस्टविनमा मात्र फाल्ने बानी बसाल्न को लागि डस्टबिन राखिएको वडा अध्यक्ष शुक्र राज सापकोटा ले बताए । भने यस कार्यक्रममा उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण . लामिछाने ले सरसफाई का साथै सभ्य समाजको निर्माण को लागि पनि फोहर लाई यत्रतत्र नफाल्ने र तोकिएको ठाँउमा फाल्ने बानी सबै ले बसाल्नु पर्ने कुरा मा जोड दिएका थिए , प्रहरी निरिक्षक राजेश साहुँ , मैनापोखर क्याम्पसका अध्यक्ष प्रेम राज त्रिपाठी, मैनापोखर बजार समितिका अध्यक्ष टिकाराम कोईराला, जन प्रतिनिधि, बजारका उद्योगी व्यवसायी हरु लगायतको सहभागितामा बजार सरसफाई गरी तोकिएका ठाँउमा डष्टविन राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP