Trend
बिहिबार , जेठ २८, २०८३

 बर्दिया / बर्दिया कारागारभित्र कैदीबन्दीबीच भएको झडपले जेल प्रशासनलाई सुरक्षा चुनौती थपिएको छ। बर्दिया कारागारभित्र भएको झडपमा संलग्न चारजना कैदीबन्दीमाथि कारागार ऐनअनुसार मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुरनडमरपालका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही थालिएको हो।

नियन्त्रणमा लिइएका चारैजना कैलाली जिल्लाका हुन् र कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका डमरपालले जानकारी दिए। झडपका कारण नाइकेसहित कैदी तथा थुनुवा गरी १० जना घाइते भएका छन्।

कारागार प्रमुख मानबहादुर सारु बिदामा रहेको हुँदा घटनाको सम्पूर्ण विवरण बाहिर आइसकेको छैन। सूचना अधिकारी एवं निमित्त कार्यालय प्रमुख रविकुमार थारुले आदेशबिना जानकारी दिन नमिल्ने बताए।

कारागारमा रहेका कर्तव्य ज्यान मुद्दामा सजाय भोग्दै आएका सोहन ढकालसहित ४ जना कैदीबन्दीलाई अन्यत्र सारिएको साता नबित्दै उक्त घटना भएको हो । प्रहरीले नियन्त्रणमा लिएका सबै ढकाल निकटको भएको स्रोतको भनाइ छ । विगतमा चौकीदार, नाइके, सहनाइकेका लागि छुटै खाना टेबुलमा बसेर खाने गरेको विषयलाई लिएर कैदीबन्दीबीच विवाद भएको कारागार स्रोतले बतायो । चारदिनअघि नाइके, सहनाइके र चौकीदार चयन गरिएको थियो ।

बर्दिया कारागारमा हाल ४२५ जना कैदीबन्दी छन्। त्यसमध्ये पुरुष ३७७, महिला २८ र थुनुवा २० जना रहेका छन्। पुरुषका लागि कारागारको क्षमता १२५ मात्र हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP