बर्दिया,साउन १८ / चोरी कसुरमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–३ पुष्पनगरका २८ वर्षिय आदित्य परियारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

जिल्ला अदालतले विस २०८१ साल भदौ १७ गते चोरी सम्बन्धि मुद्दामा परियारलाई ४ महिना २४ दिन कैद, रु ५ हजार जरिवाना र २ सय पिडित राहत कोषमा जम्मा हुनेगरि फैसला गरेको थियो । अदालतले सजाय तोकेदेखि परियार फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालय मैनापोखर देखि खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–७ कर्णालीपुर स्थित लुकीछिपि हिडिरहेको अवस्थामा परियारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न

बढैयातालमा मासु पसल र दुग्ध डेरीको अनुगमन, सुधारको सुझाव र कारबाहीको चेतावनी


TOP