Trend
मंगलबार , भाद्र ३०, २०८३

बर्दिया,साउन १८ / चोरी कसुरमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–३ पुष्पनगरका २८ वर्षिय आदित्य परियारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

जिल्ला अदालतले विस २०८१ साल भदौ १७ गते चोरी सम्बन्धि मुद्दामा परियारलाई ४ महिना २४ दिन कैद, रु ५ हजार जरिवाना र २ सय पिडित राहत कोषमा जम्मा हुनेगरि फैसला गरेको थियो । अदालतले सजाय तोकेदेखि परियार फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालय मैनापोखर देखि खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–७ कर्णालीपुर स्थित लुकीछिपि हिडिरहेको अवस्थामा परियारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP