Trend
मंगलबार , भाद्र ३०, २०८३
बर्दिया, साउन २० / बबई नदीमा फसेका दुई जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । गुलरिया नगरपालिका–५ बालापुर स्थित बबई नदीमा फसेका दुई जनालाई मंगलबार साँझ सशस्त्र प्रहरीले उद्दार गरेको हो ।
गुलरिया नगरपालिका–५ बालापुरका ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारुलाई  सकुशल उद्दार गरि आफन्तको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गणका गणपति मान बहादुर शाहीले बताए ।
गाई भैंसी चराउन गएका दुई जना बबई नदीमा फसेका खबर पाए लगत्तै उद्दारको लागि १० जनाको सशस्त्र प्रहरीको टोली खटिएको गणपति शाहीले जनाए ।
बबई नदीको चेपाङ जलमापन केन्द्रका अनुसार मंगलबार दिउँसोबाट पानीको सतह घट्दो देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP