गुलरिया स्थित बबई नदीमा फसेका दुई जनाको सकुशल उद्दार
साउन २१, २०८२ मंगलबार ५१९ पटक हेरिएको
बर्दिया, साउन २० / बबई नदीमा फसेका दुई जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । गुलरिया नगरपालिका–५ बालापुर स्थित बबई नदीमा फसेका दुई जनालाई मंगलबार साँझ सशस्त्र प्रहरीले उद्दार गरेको हो ।
गुलरिया नगरपालिका–५ बालापुरका ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारुलाई सकुशल उद्दार गरि आफन्तको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गणका गणपति मान बहादुर शाहीले बताए ।
गाई भैंसी चराउन गएका दुई जना बबई नदीमा फसेका खबर पाए लगत्तै उद्दारको लागि १० जनाको सशस्त्र प्रहरीको टोली खटिएको गणपति शाहीले जनाए ।
बबई नदीको चेपाङ जलमापन केन्द्रका अनुसार मंगलबार दिउँसोबाट पानीको सतह घट्दो देखिएको छ ।