Trend
बुधबार , कार्तिक २०, २०८२

 

बर्दिया, २८ साउन ।
बर्दियामा रासायनिक मलको चरम अभाव भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति बर्दियाले आज जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ।
विरोध सभामा पार्टीका कार्यकर्ताहरुले कृषि मन्त्रीको तत्काल राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। जसपानेपालले किसानको पीडा बेवास्ता गरेको भन्दै सरकारको कृषि नीतिको कडा आलोचना सहितको नाराबाजी गरेक थिए।

कार्यक्रमपछि जसपा जिल्ला समितिले जिल्ला प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै बर्खे धानको महत्वपूर्ण समयमा मल आपूर्ति नगरेको कारण किसानको भविष्य संकटमा परेको उल्लेख गर्‍यो। ज्ञापनपत्रमा तत्काल मल आपूर्ति गर्ने, किसानलाई राहत उपलब्ध गराउने र जिम्मेवार मन्त्रीलाई पदबाट हटाउने माग गरेका छ्न।

विरोध कार्यक्रममा जसपानेपाल जिल्ला अध्यक्ष कृष्ण यादव लगायत  पदाधिकारी, कार्यकर्ता तथा स्थानीय किसानहरुको सक्रिय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP