Trend
बिहिबार , जेठ २८, २०८३

अफजल खान

बर्दिया,साउन २९
लागू औषध ब्राउन सुगरसहित गुलरियाका तीन र मधुवन नगरपालिकाका एक जना गरि चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषधसहित चार जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।                                                       बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थितबाट गुलरिया नगरपालिका–४ का २९ वर्षीय धर्म बहादुर परियार र २८ वर्षीय जिवन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको ६ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै गुलरिया नगरपालिका–११ लालपुर स्थितबाट वडा नंम्बर ४ तुलापुरका २४ वर्षीय सन्तोष गोडियालाई प्रहरीले पक्राउ गरेको छ । गोडिया गणेशपुर देखि गुलरिया तर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा १ ग्राम २ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको जनाईएको छ । बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थितबाट मधुवन नगरपालिका–३ का २३ वर्षीय राज कुमार परियारको साथबाट १ ग्राम २ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिई बुधबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP