Trend
आइतबार , भाद्र २८, २०८३

ज्ञानेन्द्र पोख्रेल

साउन २९ बर्दिया / बढैयाताल गाउपालिका भित्रका निजि विद्यालय संगठनले आज बढैयाताल गाउपालिका मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

भने निजि विद्यालयहरुले शिक्षामा गरेको योगदानको उपेक्षा गर्दै शिक्षा विदेयकमा निज विद्यालय हरुलाई उपेक्षा गरि शिक्षा बिधेयक जारी गर्ने खोजिएको भन्दै देशव्यापी रूपमा ज्ञापन पत्र दिने कार्यक्रम अनुसार बढैयाताल निजि विद्यालय संगठनले आज ज्ञापनपत्र बुझाएको जानकारी निजि विद्यालय संगठन का बढैयाताल गाउपालिका संयोजक नगेन्द्र भण्डारी ले दिएका छन्

 निर्माणाधिन शिक्षा विधेयकमा निजि विद्यालयका समस्याहरु समेत सम्बोधन हुने गरी शिक्षा ऐन जारी हुनुपर्ने , निजि विद्यालयहरु लाई क्रमश गैर नाफामुलक बनाईने छ भन्ने वाक्यांश हटाईनुपर्ने, पूर्ण छात्रवृति दिनु पर्ने भन्ने शब्द हटाई दिई रहेको छात्रवृति लाई नै कायम राख्नुपर्ने , हाल निजि विद्यालय ले दिई रहेको १०% छात्रवृति नै कायम रहनु पर्ने छात्रवृति अन्तरगत भर्ना शुल्क, बर्षिक शुल्क, मासिक पढाई शुल्क कायम हुनुपर्ने लगायत का कुराहरु ज्ञापन पत्र मा उल्लेख गरिएको जानकारी दिएका छन भने शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने कानुन विद्यालय शिक्षा सम्बन्धी कानुन लाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको समेत जारी विज्ञप्ती उल्लेख गरिएको दिइएको थियो भने आफना मागहरु सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नदेखिए देश भरि का निजि विद्यालयहरु सरकार लाई विद्यालयका चाबी हस्तान्तरण गर्ने पक्षमा रहेको स्पष्ट पारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP