Trend
मंगलबार , असार ३०, २०८३

 

शुक्रबार साँझ खेतमा धान गोड्न गएको बेला चितुवाले आक्रमण गरि महिलालाई बेपत्ता बनाएको थियो । धान गोडिरहेको अवस्थामा चितुवाले महिलालाई आक्रमण गरि एक सय मिटर उखुबारीमा घिसार्दै पुर्‍याएको थियो ।

 

बर्दिया, साउन ३१ / चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–१२ भैंसाहीकी अन्दाजी ४५ वर्षीया जगतरानी थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । शव खाएको छेदबिछेद अवस्थामा शनिबार बिहान शव फेला परेको छ ।

शनिबार बिहान उखुबारीमा घाँस काट्न गएको स्थानीयहरुले महिलाको शव देखेपछि गाउँमा अन्य व्यक्तिहरुलाई खबर गरेका थिए ।

शुक्रबार साँझ खेतमा धान गोड्न गएको बेला चितुवाले आक्रमण गरि महिलालाई बेपत्ता बनाएको थियो । धान गोडिरहेको अवस्थामा चितुवाले महिलालाई आक्रमण गरि एक सय मिटर उखुबारीमा घिसार्दै पुर्‍याएको थियो ।

प्रहरीले मुचुल्का गरेर शव उठाएर पोष्टमार्टमको लागि बर्दिया अस्पताल लगेको डिभिजन वन कार्यालयका वरिष्ठ फरेष्टर कृष्ण घिमिरेले बताए । यस्तै गाउँको वरिपरि दिनहुँ देखिने चितुवाले कुकुर खाएर सिध्याएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:


TOP