
शुक्रबार साँझ खेतमा धान गोड्न गएको बेला चितुवाले आक्रमण गरि महिलालाई बेपत्ता बनाएको थियो । धान गोडिरहेको अवस्थामा चितुवाले महिलालाई आक्रमण गरि एक सय मिटर उखुबारीमा घिसार्दै पुर्याएको थियो ।
बर्दिया, साउन ३१ / चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
गुलरिया नगरपालिका–१२ भैंसाहीकी अन्दाजी ४५ वर्षीया जगतरानी थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । शव खाएको छेदबिछेद अवस्थामा शनिबार बिहान शव फेला परेको छ ।
शनिबार बिहान उखुबारीमा घाँस काट्न गएको स्थानीयहरुले महिलाको शव देखेपछि गाउँमा अन्य व्यक्तिहरुलाई खबर गरेका थिए ।
शुक्रबार साँझ खेतमा धान गोड्न गएको बेला चितुवाले आक्रमण गरि महिलालाई बेपत्ता बनाएको थियो । धान गोडिरहेको अवस्थामा चितुवाले महिलालाई आक्रमण गरि एक सय मिटर उखुबारीमा घिसार्दै पुर्याएको थियो ।
प्रहरीले मुचुल्का गरेर शव उठाएर पोष्टमार्टमको लागि बर्दिया अस्पताल लगेको डिभिजन वन कार्यालयका वरिष्ठ फरेष्टर कृष्ण घिमिरेले बताए । यस्तै गाउँको वरिपरि दिनहुँ देखिने चितुवाले कुकुर खाएर सिध्याएको स्थानीयले बताएका छन् ।