
अफजल खान
बर्दिया — पछिल्लो समयमा बर्दिया जिल्लामा वन्यजन्तुको आक्रमण दिनप्रतिदिन बढ्दै गएको छ। वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति समेत बढ्दै गएको छ।पटक–पटक वन्यजन्तुले गाउँ छिर्ने, खेतबारीमा आक्रमण गर्ने र घरपालुवा पशु मार्ने घटनाले स्थानीयवासी त्रासमा बस्न बाध्य भएका छन्।
स्थानीयले वन्यजन्तुको डरले राति निदाउनसमेत नसक्ने अवस्था रहेको बताएका छन्। वन्यजन्तुले मानवीय बस्तीमा पसेर आक्रमण गर्ने घटनामा वृद्धि भएको छ। यसले दैनिक जनजीवन मात्र नभई कृषिजन्य उत्पादनमा समेत ठूलो असर पारेको छ।
यता, सम्बन्धित निकाय भने मौन देखिएको स्थानीयवासीको गुनासो छ। समस्या समाधानका लागि बारम्बार माग भए पनि प्रभावकारी कदम नचालिएको भन्दै उनीहरूले असन्तोष जनाएका छन्।
स्थानीयले पटक–पटक सम्बन्धित निकायमा दबाब दिएको भए पनि ठोस पहल नभएको गुनासो गर्दै आएका छन्। संरक्षण र नियन्त्रण दुवै मोर्चामा योजना नआउँदा समस्या झन् चर्किंदै गएको उनीहरूको भनाइ छ।
वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति समेत बढ्दै गएको छ। तर, अझै पनि तत्कालीन राहत, क्षतिपूर्ति वितरणमा ढिलासुस्ती र दीर्घकालीन समाधान नआएको स्थानीयले बताए।