Trend
बिहिबार , जेठ २८, २०८३

बर्दिया, भदौ ३ / लागू औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आइतबार दुई र सोमबार दुई जनालाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका–६ का ३२ वर्षीय अजमेर अलि नाउँ र गुलरिया नगरपालिका–७ का ४० वर्षीय नुर महम्मद नाउँलाई प्रहरीले लागू औषधसहित सोमबार पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–७ स्थित बाईपास रोड स्थितबाट अजमेर अलि र वडा नंम्बर ६ स्थितबाट नुर महम्मदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध फेला परेको जनाईएको छ । अजमेरको साथबाट १ सय ८० मिलिग्राम र नुर महम्मदको साथबाट २ सय ७० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट ठाकुरबाबा नगरपालिका–४ का २१ वर्षीय अबिशेष चौधरी र वडा नंम्बर १ का २१ वर्षीय विशाल खत्रीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ४ सय ७० मिलीग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिई सोमबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP