Trend
आइतबार , भाद्र २८, २०८३

बर्दिया, भदौ ४/लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न ठाउँबाट लागू औषधसहित चार जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–८ स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा गुलरिया नगरपालिका–७ गुलरिया गाउँका २४ वर्षीय निरन्जन यादव र २७ वर्षीय पवन कुमार यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै बढैयाताल गाउँपालिका–८ स्थितबाट गुलरिया नगरपालिका–११ का २५ वर्षीय रुपेश खटिकलाई ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ र गुलरिया नगरपालिका–९ डब्बा गाउँबाट गुलरिया नगरपालिका–१० प्रयागपुरका ४३ वर्षीय सुरेश लोधलाई २ सय मिलिग्राम लागू औषध जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

चारै जनालाई नियन्त्रणमा लिई मंगलबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP