Trend
आइतबार , भाद्र २८, २०८३

बर्दिया, भदौ ४/ हाईस र दुई वटा अटो एक आपसमा ठोक्किदाँ पाँच जना घाईते भएका छन् । राजापुर नगरपालिका–८ भोगपुर स्थित हुलाकी सडक खण्डमा मंगलबार सवा ४ बजे हाईस र अटो एक आपसमा ठोक्किदाँ पाँच जना घाईते भएका हुन् ।

नेपालगंज देखि धनगढी तर्फ जाँदै गरेको कैलाली गोदवारी नगरपालिका–८ मजगाउँका ३२ वर्षीय डेबिट चौधरीले चलाएको सु.प.प्र ०१–००१ ज १६९१ नंम्बरको इभी हाईसले विपरित दिशाबाट राजापुर देखि टपरा तर्फ आउँदै गरेका राजापुर नगरपालिका–१ का ३२ वर्षीय यम बहादुर खड्काले चलाएको से १ ह ८५७१ नंम्बरको अटो र गेरुवा गाउँपालिका ६ नौरङगाका ३६ वर्षीय चैतु थारुले चलाएको भे १ ह ८५७१ नंम्बरको अटो एकआपसमा ठक्कर खाएका थिए ।

से १ ह २०८९ नंम्बरको अटोमा सवार रहेका राजापुर नगरपालिका–१० मंगलपुरका ५५ वर्षीय जगनी थारुको दुवै खुट्टा र हात निधारमा चोट लागेको अवस्था सामान्य छ भने सोही ठाउँकी ६० वर्षीया राई भगनी चौधरीको टाउको, छाती र दाहिने खुट्टामा चोट लागेको लागी उनको अवस्था सिरियस रहेको जनाईएको छ ।

यस्तै से १ ह २०८९ नंम्बरको अटो चालक वडा नंम्बर १ का ३२ वर्षीय यम बहादुर खड्काको दुवै हात, खुट्टा, पेट र हाईसमा सवार बाँसगढी नगरपालिका–५ का २२ वर्षीया निरु थारुको टाउकोमा चोट लागी अवस्था सिरियस रहेको जनाईएको छ । अर्का अटो चालक चैतु थारुको दाहिने हाट, खुट्टा र चिउडोमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

गम्भीर घाईतेहरुको सामान्य उपचारपछि नेपालगंज रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP