Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दिया, भदौ ४/ हाईस र दुई वटा अटो एक आपसमा ठोक्किदाँ पाँच जना घाईते भएका छन् । राजापुर नगरपालिका–८ भोगपुर स्थित हुलाकी सडक खण्डमा मंगलबार सवा ४ बजे हाईस र अटो एक आपसमा ठोक्किदाँ पाँच जना घाईते भएका हुन् ।

नेपालगंज देखि धनगढी तर्फ जाँदै गरेको कैलाली गोदवारी नगरपालिका–८ मजगाउँका ३२ वर्षीय डेबिट चौधरीले चलाएको सु.प.प्र ०१–००१ ज १६९१ नंम्बरको इभी हाईसले विपरित दिशाबाट राजापुर देखि टपरा तर्फ आउँदै गरेका राजापुर नगरपालिका–१ का ३२ वर्षीय यम बहादुर खड्काले चलाएको से १ ह ८५७१ नंम्बरको अटो र गेरुवा गाउँपालिका ६ नौरङगाका ३६ वर्षीय चैतु थारुले चलाएको भे १ ह ८५७१ नंम्बरको अटो एकआपसमा ठक्कर खाएका थिए ।

से १ ह २०८९ नंम्बरको अटोमा सवार रहेका राजापुर नगरपालिका–१० मंगलपुरका ५५ वर्षीय जगनी थारुको दुवै खुट्टा र हात निधारमा चोट लागेको अवस्था सामान्य छ भने सोही ठाउँकी ६० वर्षीया राई भगनी चौधरीको टाउको, छाती र दाहिने खुट्टामा चोट लागेको लागी उनको अवस्था सिरियस रहेको जनाईएको छ ।

यस्तै से १ ह २०८९ नंम्बरको अटो चालक वडा नंम्बर १ का ३२ वर्षीय यम बहादुर खड्काको दुवै हात, खुट्टा, पेट र हाईसमा सवार बाँसगढी नगरपालिका–५ का २२ वर्षीया निरु थारुको टाउकोमा चोट लागी अवस्था सिरियस रहेको जनाईएको छ । अर्का अटो चालक चैतु थारुको दाहिने हाट, खुट्टा र चिउडोमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

गम्भीर घाईतेहरुको सामान्य उपचारपछि नेपालगंज रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP